इन्टरको जितमा लुकाकुको निर्णायक गोल
बिहीबार, ११ फागुन २०७९, ०७ : १९
रोमेलु लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई १–० ले हराएको हो ।
घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टाेविरुद्ध जित दिलाउन लुकाकुले निर्णायक गोल गरे ।
खेलको ७८ औं मिनेटमा पोर्टाे १० खेलाडीमा समेटिएको थियो । ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिए ।
लुकाकुले खेलको ८६ औं मिनेटमा गोल गर्दै इन्टरलाई १–० गोलको जित दिलाए । दुई टोलीबीचको अर्काे लेग अब १४ मार्चमा पोर्टाेमा मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण