इन्टरको जितमा लुकाकुको निर्णायक गोल
बिहीबार, ११ फागुन २०७९, ०७ : १९

रोमेलु लुकाकुको निर्णायक गोलमा इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टरले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई १–० ले हराएको हो ।
घरेलु मैदानमा इन्टरलाई १० खेलाडीमा समेटिएिको पोर्टाेविरुद्ध जित दिलाउन लुकाकुले निर्णायक गोल गरे ।
खेलको ७८ औं मिनेटमा पोर्टाे १० खेलाडीमा समेटिएको थियो । ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिए ।
लुकाकुले खेलको ८६ औं मिनेटमा गोल गर्दै इन्टरलाई १–० गोलको जित दिलाए । दुई टोलीबीचको अर्काे लेग अब १४ मार्चमा पोर्टाेमा मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?