ट्रक दुर्घटनामा एक जनाको मृत्यु
जुम्ला । कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तिलागुफा नगरपालिका-५ को धनडामा बुधबार राति मुगुदेखि सुर्खेततिर जाँदै गरेको कर्णाली प्रदेश ०२ - ०००१ ख ०३५६ नम्बरको ट्रक दुर्घटना भएको हो ।
ट्रक दुर्घटना हुँदा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ घर भएका ट्रक चालक छविप्रसाद चौलागाईंको मृत्यु भएको हो । सहचालक दिनेश शाही गम्भीर घाइते भएका छन् । दुर्घटनामा घाइते भएका चालक चौलागाईंको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक धर्मराज जाेशीले जानकारी दिए । उनका अनुसार सहचालक दिनेश शाहीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ट्रक कर्णाली राजमार्गदेखि करिब ५ सय मिटर तल खसेको थियो । ट्रकमा ग्यास सिलिन्डरको सामान मात्रै रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण