अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा साविक विजेता अर्जेन्टिना र पहिलो पटक विश्वकप खेलेर नकआउट चरणमा पुगेको केप भर्डेबिचको खेल सुरु भएको छ।
अमेरिकाको मियामी स्टेडियममा शनिबार बिहान पौने ४ बजेदेखि सुरु खेलमा अर्जेन्टिनाले कप्तान लियोनेल मेस्सीको नेतृत्वमा मैदान उत्रिएको छ। यस खेलको विजेताले क्वार्टरफाइनल प्रवेशका लागि अर्को चरणमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणमा तीनै खेल जित्दै उत्कृष्ट लयमा रहेको अर्जेन्टिना उपाधि रक्षा अभियानलाई निरन्तरता दिने लक्ष्यमा छ। अर्कोतर्फ, विश्वकपमा पहिलो सहभागितामै अन्तिम ३२ सम्मको ऐतिहासिक यात्रा तय गरेको केप भर्डे बलियो अर्जेन्टिनाविरुद्ध अर्को चमत्कार गर्ने आशामा मैदानमा उत्रिएको छ।
यस खेलमा विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने लियोनेल मेस्सीमाथि विशेष नजर रहनेछ। जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका मेस्सीले गोलको संख्या थप्दै टोलीलाई अर्को चरणमा पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार आठ विश्वकप खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण