डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत
बिहीबार, ११ फागुन २०७९, १७ : १३
काठमाडौँ । डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार उनले प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका थिए ।
प्रधान कार्यालयले गृह मन्त्रालयमा फरवार्ड गरेको उक्त राजीनामा पत्र गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार स्वीकृत गरेका हुन् ।
डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ ।
शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख भएको पाइएपछि उनी विवादमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण