राजनीति
सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन
बिहीबार, ११ फागुन २०७९, १९ : ५८
काठमाडौँ । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।
बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।
बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादीका नेता जनार्दन शर्माले आजको बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति नभएको बताए । उनले भोलि पुनः बैठक बसेर सहमति गर्ने बताए ।
यस्तै बैठकपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे छलफल भएपनि टुंगोमा नपुगेको बताएका छन् । उनले भोलि पनि छलफललाई जारी राख्ने बताए ।
बैठकपछि एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले भोलि नेपाली कांग्रेससँग छलफल गरेर बाँकी टुंगो लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण