शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

बिहीबार, ११ फागुन २०७९, १९ : ५८
बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ । 

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो । 

बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादीका नेता जनार्दन शर्माले आजको बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि कुनै सहमति नभएको बताए । उनले भोलि पुनः बैठक बसेर सहमति गर्ने बताए ।

यस्तै बैठकपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे छलफल भएपनि टुंगोमा नपुगेको बताएका छन् । उनले भोलि पनि छलफललाई जारी राख्ने बताए । 

बैठकपछि एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले भोलि नेपाली कांग्रेससँग छलफल गरेर बाँकी टुंगो लाग्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप