जापानको तटमा भेटिएको ठुलो धातुको बल हटाइयो, तर यो के थियो कसैलाई थाहा छैन
जापानको समुद्र तटमा भेटिएको एउटा ठुलो धातुको बल हटाइएको छ । यसलाई क्रेनको सहायताले निकालिएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जापानको तटमा फेला परेको यो धातुको बललाई लिएर स्थानीयवासी चिन्तित थिए र यसबारे विभिन्न अड्कलबाजी पनि गरिएको थियो ।
जापानी सहर हामामात्सुका स्थानीय अधिकारीहरूले यसलाई ‘निश्चित अवधिको लागि’ सङ्गृहीत गरिने र त्यसपछि यसलाई नष्ट पारिने जानकारी दिए । जापानी अधिकारीहरूले यो के हो भनेर यसबारे किन स्पष्ट रूपमा जानकारी दिइरहेका छैनन् भनेर धेरैले प्रश्न उठाइरहेका छन् ।
स्थानीय पुलिसलाई यस हप्ताको सुरुमा समुद्र तटमा असामान्य वस्तुको बारेमा सूचित गरिएको थियो । मानिसहरूले यसबारे विभिन्न अनुमान गरिरहेका थिए जस्तै कतिले यसलाई ‘गोडजिलाको अण्डा’ भनिरहेका थिए त कतिले ‘मुरिङ बोय’ तर कतिले अन्तरिक्षबाट आएको थुप्रै चिज बताइरहेका छन् ।
प्रहरी र बम स्वक्वाडसमेतलाई अनुसन्धानका लागि पठाइएको थियो ।
अधिकारीहरूले धातुको बललाई घेरा हालेर एक्स–रे गरे । त्यसबाट यसमा केही घातक चिज नभएको पत्ता लाग्यो तर यसबाहेक यसबारे केही पत्ता लाग्न सकेको छैन ।
एक स्थानीय अधिकारीले जापानी मिडियालाई भने, ‘मलाई लाग्छ कि हामामात्सु सहरका सबै चिन्तित थिए र यो के हो भनेर उत्सुक थिए, तर काम सकिएकोमा हामी ढुक्क छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण