बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रामोसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा

शुक्रबार, १२ फागुन २०७९, ०८ : ५५
शुक्रबार, १२ फागुन २०७९

स्पेन । स्पेन राष्ट्रिय टोलीका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् ।

रामोसले बिहीबार सामाजिक सञ्जालबाट अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । 

स्पेनका डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका हुन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका रामोसले स्पेनका लागि १८० खेलमा २३ गोल गरेका छन् ।

सन् २०१० को विश्वकप विजेता डिफेन्डर रामोस स्पेनले २००८ र २०१२ मा युरोकप जित्दा रामोस टोलीमा रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप