शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हात्तीपाइलेका बिरामी भेटिएपछि लमजुङमा औषधि वितरण अभियान सुरु

शुक्रबार, १२ फागुन २०७९, ०९ : १४
शुक्रबार, १२ फागुन २०७९

लमजुङ । लमजुङ जिल्लाका आठवटै पालिकाबाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ । 

जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यस पटक औषधी खुवाइएको हो ।

लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो । फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोलमा स्वास्थ्य संस्था तथा बुथमार्फत हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।

अभियान अन्तर्गत यस वर्ष दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिला बाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।

सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमबाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाइले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आव्हान गरिएको छ ।  

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप