हात्तीपाइलेका बिरामी भेटिएपछि लमजुङमा औषधि वितरण अभियान सुरु
लमजुङ । लमजुङ जिल्लाका आठवटै पालिकाबाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ ।
जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यस पटक औषधी खुवाइएको हो ।
लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो । फागुन ११ गतेदेखि सुरु हुने अभियान अन्तर्गत पहिलो दिन वडा तथा टोलमा स्वास्थ्य संस्था तथा बुथमार्फत हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।
अभियान अन्तर्गत यस वर्ष दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिला बाहेक जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जना लाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
औषधि खुवाउने अभियानमा जिल्लाभर ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।
सबै पालिकाका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमबाट औषधी खुवाउने कार्यक्रममा हात्तीपाइले रोग निवारण गर्नको लागि सबैलाई औषधी खान आव्हान गरिएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण