मोबाइल आयातमा ७ महिनामा १४ अर्ब ७६ करोड बाहिरियो
काठमाडौँ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा विदेशबाट १४ अर्ब ७६ करोड रुपैयाँको स्मार्ट फोन भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त रकम बराबरको स्मार्टफोन भित्रिएको हो ।
यस अवधिमा विदेशबाट १० लाख वटा स्मार्टफोन भित्रिएका छन् भने यी मोबाइल भित्र्याउँदा राज्यले २ अर्ब ७५ करोड ६३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा मूख्यगरी २ देशबाट स्मार्टफोन भित्रिन्छ ।
चीन, भारत र भियतनामबाट नेपालमा धेरै स्मार्टफोन भित्रिँदै आएको छ । सात महिनामा चीनबाट ९ अर्ब ८३ करोड २३ लाख रुपैयाँको मोबाइल भित्रिएको छ । यस्तै, भारतबाट ४ अर्ब १३ करोड रुपैयाँको स्मार्टफोन भित्रिँदा भियतनामबाट ३० करोडको मोबाइल आयात भएको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्समार्फत १२ करोडको र अमेरिकाबाट ११ करोडको स्मार्टफोन भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण