बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अर्बौँको लगानीमा एनसेलको इन्टिग्रेटेड डाटा सेन्टर

शुक्रबार, १२ फागुन २०७९, १४ : २१
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । एनसेलले २ अर्बभन्दा धेरैको लगानीमा नख्खुमा इटिग्रेटेड डाटा (आईसीडी) सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले महत्वपूर्ण डाटा भण्डारणको लक्ष्यसहित नख्खुमा आफ्नै आईसीडी सञ्चालनमा ल्याएको हो ।

मलेसियाको लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलले टियर–३ प्रविधिको डाटा सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ । कोरोना महामारीको चुनौतीका बाबजुद ३ वर्ष लगाएर बनाएको उक्त डाटा सेन्टर निजी क्षेत्रबाट निर्मित देशकै ठूलो डाटा सेन्टर भएको कम्पनीको दाबी छ ।

एनसेलले सञ्चालनमा ल्याएको डाटा सेन्टरमा २२० भोल्टको एसी र्याक ८८ वटा छन् । यस्तै, डीसी र्याकको सङ्ख्या १६२ रहेको कम्पनीले जनाएको छ । यसमा २२५० किलोवाट लोड रहेको छ भने डाटा सेन्टर सञ्चालनका लागि विद्युत् प्राधिकरणबाट कम्पनीले ४ मेगावाट बिजुली किनिरहेको छ ।

यसका लागि एनसेलले प्राधिकरणको बिजुलीमा समस्या आएमा आफ्नै जनेरेटरको व्यवस्था समेत गरेको छ । जेनेरेटरलाई आवश्यक पर्ने इन्धन भण्डारणका लागि २५ हजार लिटर क्षमताको डिजेल भण्डारण केन्द्र समेत बनेको छ ।

२ तले भवनमा बनाइएको डाटा सेन्टरमार्फत हप्तामा सातै दिन सेवा दिन सकिने बताइएको छ । यस्तै, कम्पनीले आफ्नो डाटा सेन्टरका साथै अन्य कम्पनीहरूको डाटा समेत राख्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप