अर्थतन्त्र
कर्जाको सावा ब्याजको भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जाना नलाग्ने (निर्देशनसहित)
ऋणीको पक्षमा केन्द्रीय बैंकको निर्देशन
शुक्रबार, १२ फागुन २०७९, १४ : ४६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको हो ।
नयाँ निर्देशन अनुसार कर्जाको सावा/ब्याज भुक्तान गर्नुपर्ने भाखा नाघेको ३० दिनसम्म हर्जन ब्याज लाग्ने छैन । केन्द्रीय बैंकले लागू गरेको यो व्यवस्था आगामी वर्ष २०८० सालको असार मसान्तसम्म लागू हुनेछ । तर, कर्जाको भाखा नाघेको ३० दिन भित्रको सावा/ब्याज नबुझाएको अवस्थामा भने हर्जाना लिन पाउने निर्देशनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण