चन्द्रागिरिको तीनथानामा मिनी ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
सारांश
- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परी घाइते भएका स्कुटर चालक दीपक नेपालको उपचारका क्रममा मृत्यु भएको छ।
- स्कुटरको पछाडि सवार शुभद्रा कुमारी नेपालको पनि उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान २:५८ बजे सतुङ्गलबाट कलङ्कीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइएको थियो। दुवैको अवस्था गम्भीर भएपछि थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल रिफर गरिएको थियो।
दुर्घटनामा काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ हरियाली बस्ने ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्। यस्तै स्कुटरको पछाडि सवार काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाललाई बिहान ७:०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि स्कुटर ट्राफिक प्रहरी प्रभाग कलङ्कीको नियन्त्रणमा रहेको छ। मिनी ट्रक र त्यसका चालकलाई भने प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनका कर्मचारी र अमेरिकी नागरिकविरुद्ध अख्तियारले चलायो मुद्दा
-
एनपीएलमा शाकिबको इन्ट्री, पोखरा एभेन्जर्सले गर्यो अनुबन्ध
-
‘आमा-बुबा भन्न छाडेर आयातित भाषामा लाग्यौँ’
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण