प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
सारांश
- रुकुम पुर्वमा नेकपाको विवाद पुनः बल्झिएको छ, जहाँ पार्टी केन्द्रको निर्णयविरुद्ध जिल्लास्तरीय नेता कार्यकर्ता विभाजित भएका छन् ।
- जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी पुरानै नेतालाई दिएपछि विवाद बढेको छ ।
- केन्द्रीय सदस्य पूर्ण घर्ती समूहले समानान्तर समिति बनाउने प्रयास गरे पनि बहुमत जुटाउन नसकेपछि असफल भएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रुकुम पुर्वमा पार्टीभित्र लामो समयदेखिको विवाद फेरि बल्झिएको छ ।
पछिल्लो समयमा पार्टी केन्द्रले गरेको निर्णयविरुद्ध जिल्ला स्तरीय नेता तथा कार्यकर्ता विभाजित भएका छन् । पछिल्लो समय विवाद हुनुमा जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी पुरानै नेतालाई दिएपछि एक नेताले बताए।
ती नेताका अनुसार गत शनिबार पार्टीका केन्द्रीय सदस्य पुर्ण घर्ती समूहले खाबाङ बगरमा छुट्टै भेला बोलाएका थिए । तर समितिमा बहुमत जुटाउन नसकेपछि समानान्तर समिति बनाउने प्रयास गरेको बुझिएको छ ।
‘यहाँ विवाद पहिलेदेखि नै थियो । खासमा पार्टी एकतापछि इन्चार्ज तेजबहादुर ओली र संयोजक कुमारी बराललाई बनाइयो । पुरानै टिमलाई जिम्मेवारी दिइएपछि विवाद बढेको हो । यो स्थानीय विवाद हो’, रातोपाटीसँग ती नेताले भने।
केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठ ‘हिमाल’, केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, केन्द्रीय सदस्य पुनिराज घर्ती ‘रामेश’, केन्द्रीय सदस्य रवि बुढा ‘निर्माण’ लगायतका नेताहरू विद्रोह गर्ने तयारीमा छन् ।
शनिबार भएको भेलामा उनीहरू नेता र नेतृत्वको आलोचनामा केन्द्रित भएका थिए। यो समूहले जिल्ला कमिटी बैठक बहिस्कार गर्ने सम्मको निर्णय गर्दा संस्थापक समूहले बैठकमा सहभागी नभए कारबाही गर्ने तयारीमा जिल्ला समिति रहेको बुझिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
-
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, ५ एजेन्डा तय
-
१०४ दिनदेखि ठप्प छ सार्वजनिक पुस्तकालय, अर्थमन्त्री वाग्लेका किताब धमिराले खाँदैछन्
-
राजस्व सङ्कलन ‘मिसन मोड’ मा लैजान अर्थमन्त्रीको निर्देशन
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण