सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय

सोमबार, ११ साउन २०८३, ११ : ३२
सोमबार, ११ साउन २०८३

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
  • गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
  • आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ, जसको विवाद मन्दिरमा डिजे बजाएको र झन्डा परिवर्तन गरेको विषयमा सुरु भएको थियो ।

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । आज बिहान ९ बजेदेखि बसेको बैठकमा गृह मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरू सहभागी थिए ।

छानबिन समितिको नेतृत्व कसले गर्ने भन्ने यकिन भैसकेको छैन । समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन् । समितिमा सुरक्षा निकाय र ऊर्जा मन्त्रालयका प्रतिनिधि पनि रहने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।

आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगञ्ज बस्दै आएका ओमप्रकाश मेहता छन् । हिन्दु समुदायले मन्दिरमा ठुलो स्वरमा डिजे बजाएको र त्यसअघि सो क्षेत्रको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झन्डा हटाएर हिन्दुको झन्डा राखेको विषयमा विवाद सुरु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप