दाङका सडक आयोजनाको काम छिटो सक्न सांसद नारायणी शर्माको सरकारलाई ध्यानाकर्षण
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले दाङ जिल्लामा निर्माणको क्रममा रहेको विभिन्न सडक आयोजनाको काम छिटो सक्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले बाँके राष्ट्रिय निकुञ्जबाट महेन्द्र राजमार्गमा ओहोर दोहोर गर्दा बाघ लगायत जंगली जनावरहरुबाट धेरै जनाको ज्यान गएको बताउँदै वैकल्पिक राजमार्गको रूपमा रहेको हुलाकी राजमार्गको काम छिटो सम्पन्न आग्रह गरिन् ।
उनले हुलाकी राजमार्ग निर्माणमा ढिलासुस्ती भएपछि दाङ् देउखुरी राप्तिपारीका जनताहरू समस्यामा परेको उल्लेख गरिन् । काम ढिलासुस्ती हुँदा राप्तिपारीको मानिसहरूलाई हुलाकी राजमार्ग मृगतृष्णाजस्तै भएको उल्लेख गरिन् ।
दाङको कालाकाटेदेखि गम्दीसम्मको सडक सामान्य रूपमा अघि बढिरहेको बताउँदै सो सडक खण्डमा स्थानीयको विवाद समाधान गरी सडकको काम अघि बढाउन आग्रह गरिन् । यस्तै गङ्दीदेखि बनकट्टी हुँदै बाँकेको खाेकरीसम्म करिब ५० किलोमिटर सडकको वातावरणीय प्रभाव मुल्याङ्कन इआइए भएर स्वीकृति भएकोले सो कामलाई पनि तदारुकताका साथ अघि बढाउन आग्रह गरिन् ।
दाङ जिल्लामा भारतसँग ३४ वटा नाका जोडिएको उल्लेख गर्दै त्यहाँका जनतालाई शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारीमा समस्या रहेको बताउँदै त्यसको समाधान गर्न आग्रह गरिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण