जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
शुक्रबार, १२ फागुन २०७९, १५ : १६
काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज साँझ ६ बजेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाले बैठक बोलाएको हो । बैठकमा बालुवाटारमा चार दल (काँग्रेस, माओवादी केन्द्र, जसपा, समाजवादी) बीच भएको सहमतिबारे छलफल हुने जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए ।
‘जसपाले उपराष्ट्रपति पाउने लगभग निश्चित छ, त्यसको बारेमा पनि बैठकमा छलफल हुन्छ’ उनले भने । ‘भोलि राष्ट्रपतिका लागि उम्मेदवारी दिने दिन हो, त्यसमा पार्टीको कस्तो भूमिका हुनुपर्छ भन्ने लगायतका विषयमा पनि छलफल हुन्छ’ उनले भने । बैठकमा शक्ति बाँडफाँटको विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण