आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

शुक्रबार, १२ फागुन २०७९, १५ : १६
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज साँझ ६ बजेका लागि बालकुमारीस्थित पार्टी कार्यालयमा जसपाले बैठक बोलाएको हो । बैठकमा बालुवाटारमा चार दल (काँग्रेस, माओवादी केन्द्र, जसपा, समाजवादी) बीच भएको सहमतिबारे छलफल हुने जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले बताए ।

‘जसपाले उपराष्ट्रपति पाउने लगभग निश्चित छ, त्यसको बारेमा पनि बैठकमा छलफल हुन्छ’ उनले भने । ‘भोलि राष्ट्रपतिका लागि उम्मेदवारी दिने दिन हो, त्यसमा पार्टीको कस्तो भूमिका हुनुपर्छ भन्ने लगायतका विषयमा पनि छलफल हुन्छ’ उनले भने । बैठकमा शक्ति बाँडफाँटको विषयमा पनि छलफल हुने बताइएको छ ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप