सवारी दुर्घटनामा रुपन्देहीमा दुई जनाको मृत्यु
रुपन्देही । रुपन्देहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका(३ सखुवानीस्थित सडकमा मनकामना इँटाभट्टाबाट सखुवानी मन्दिरतर्फ जाँदै गरेको लु.३ त ७३७८ नम्बरको ट्याक्टरबाट लडेर सियारी गाउँपालिका-७ चपरिटोल बस्ने २३ वर्षीय लक्ष्मण केवटको बिहीबार राति मृत्यु भएको हो ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी रुपन्देही, मायादेवी गाउँपालिका(४ सेमरी चोकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.३८ प ६८६० नम्बरको मोटरसाइकललाई लु.१ च ५७८६ नम्बरको पिकअपले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मायादेवी गाउँपालिका-४ मोतिपुर बस्ने ३० वर्षीय श्याम नारायण पालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण