स्वास्थ्य चौकीको पार्खाल बनाउँदा नक्कली विलभरपाई गर्ने ६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–११ मा स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली विल भरपाई बनाई रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
६ जनाले ग्याविन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा रकम हिनामिना गरेको आरोप आयोगको छ ।
उक्त रकम लिने दिने कार्यमा संलग्न छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर पदम बहादुर बुढा, सब–ओभरसियर गड बहादुर बुढा, छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, उक्त नगरपालिका १३ नम्बर वडाका तत्कालीन अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरु हजरकला कामी र हरिनी नेपाली विरुद्ध शुक्रबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
आयोगले मल्ल र बुढाद्वयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ ६२ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर गर्न मागदाबी लिएको छ।
त्यसैगरी अयोगले रोकाया, सावत, कामी र नेपालीविरुच हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन प्रतिवेदन पेश गरी ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।
छायाँनाथ रारा नगरपालिका, ११ नम्बर वडाका तत्कालीन वडा अध्यक्ष बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरी उक्त रकम बराबर रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको आरोप आयोगको छ । आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गर्न मागदावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण