संस्कृति ज्ञान परीक्षामा पाँच हजार विद्यार्थी सहभागी
काठमाडौँ । हिन्दु स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ सम्पन्न गरेको छ ।
नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौँको टुँडिखेलमा सो परीक्षाको आयोजना गरेको थियो । बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको सो परीक्षामा भक्तपुर, ललितपुर र काठमाडौँका विभिन्न विद्यालयबाट पाँच हजारभन्दा बढी विद्यार्थी सहभागी थिए ।
तीमध्ये ६७ जनाले सबै प्रश्नको सही उत्तर मिलाएर शतप्रतिशत अङ्क प्राप्त गरेका थिए । सही उत्तर दिनेमध्येबाट गोलाप्रथाका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना विजेता छनोट गरिएको थियो ।
काठमाडौँको श्री नेपाल वेद विद्याश्रम विद्यालय, कक्षा १० मा अध्ययनरत विजय तिमल्सिना प्रथम भएका छन् । उनले प्रमाणपत्रसहित ५१ हजार एक सय एघार रुपियाँ नगद पुरस्कार पाए । काठमाडौँकै ब्राइट होराइजन विद्यालय, कक्षा ८ मा अध्ययनरत दालकु शेर्पाले दोस्रो स्थान हात पारिन् । भक्तपुरको विद्यार्थी निकेतन माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत सुस्मिता चौलागाइँ तेस्रो बन्न सफल भइन् । द्वितीय र तृतीयले क्रमशः २५ हजार एक सय एघार र १५ हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार एवं प्रमाण पाए । सान्त्वनाअन्तर्गत ५० जनालाई प्रमाणपत्रसहित प्रति व्यक्ति एक हजार एक सय एघार नगद पुरस्कार एवं प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथि रहेका थिए भने स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशिका आशावरी उदय बापट एवं वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षित विशिष्ट अतिथिका रूपमा रहेका थिए ।
संघले वि.सं. २०७१ बाट निरन्तर रूपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गर्दैआएको छ । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको यो कार्यक्रमलाई संघले पुनः निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण