तेह्रथुम आगलागी अपडेट : १४ घर जले, अर्को बस्तीमा आगलागी हुन नदिन प्रयास जारी
विराटनगर । तेह्रथुमको आठराई ६ चुहानडाँडास्थित हातिखर्कमा भएको आगलागी तत्काल नियन्त्रण गर्न नसकिने गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताएका छन् ।
आगलागीका कारण अहिलेसम्म १४ घर जलेको जानकारी दिँदै उनले त्योभन्दा धेरै क्षति हुन नदिनका लागि दुईवटा दमकलसहित तयारी अवस्थामा आफूहरु रहेको जानकारी दिए ।
‘आगो अझै नियन्त्रण बाहिर छ, हामी पनि घटनास्थलमै छौं, सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको छ,’ उनले भने, ‘अर्को ठूलो बस्तीमा आगालागीलाई जान नदिन दुईवटा दमकलसहित हामी तयारी अवस्थामा छौं ।’
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित घटनास्थलमा रहेको उनले बताए ।
दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाले झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण