बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले भन्यो - मुलुक फेरि सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलियो

शनिबार, १३ फागुन २०७९, १० : ४३
शनिबार, १३ फागुन २०७९

काठमाडौं । राप्रपाले  मुलुक फेरि सत्ता केन्द्रित अस्थिरतातर्फ धकिलिएको बताएको छ । पुरानो गठबन्धनमा भएको सहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय लिएको भोलिपल्ट राप्रपाले सो टिप्पणी गरेको हो । आज बसेको केन्द्रिय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारवाट बाहिरिने निर्णयसमेत लिएको छ ।

‘शुभेच्छुकहरुको ठुलो पंक्तिको असहमतिको बिच नेपालको निर्णायकत्व नेपालीको हातमा स्थापित गर्दै देशमा बलियो राष्ट्रिय शक्ति निमार्ण, राष्ट्रियता, बिकास, सशुषान, सेवा प्रबाह र स्थिरतालाई मुल आधार बनाएर २०७९ पुस १० गतृ राप्रपा नेपालको समेत समर्थनमा बर्तमान सरकार गठन भएको हो,’ राप्रपाले भनेको छ, ‘यसै पृष्ठभुमीमा माघ ३ गते हामी सरकारमा सहभागी भई क्रियाशिल रहेको बेला बर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धेकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृति र प्रक्रिया बर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ ।’
परिवर्तित सन्दर्भमा सरकारमा रहिरहनु उचित नभएको पनि राप्रपाको ठहर छ ।यससँगै राप्रपा संघ र प्रदेश दुबै सरकारबाट बाहिरिएको छ।  

332119974_157743993387517_6189661988490172030_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप