कांग्रेसको पाँच निर्णय : पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेदेखि चितवन–२ मा उम्मेदवार छान्नेसम्म
काठमाडौँ । नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउनेसहितका पाँच निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकले संविधानको धारा ६२ बमोजिम फागुन २५ गते राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै नेपालको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि पौडेललाई विजयी गराउन बैठकले सबै राजनैतिक दल एवं प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुलाई आह्वान गरेको छ।
यसैगरी वैशाख १० आइतबार चितवन २ मा हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनका लागि पार्टीई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको छ भने निर्वाचनमा पार्टीले खडा गर्ने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
उक्त उप–निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नका लागि आवश्यक प्रक्रिया पुरा गर्न बैठकले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण