धनुषामा एकआपसमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
शनिबार, १३ फागुन २०७९, १८ : २१

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।
जिल्लाको सबैला नगरपालिका ९ कुशमाहामा सतोषरस्थित परिक्रमा सडकखण्डमा एनएस र एफजेड मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो ।
दिउँसो करिब ४ बजेको समयमा भएको उक्त दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर १० को अजय यादवको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जनाएको छ ।
त्यस्तै दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर ५ मटही बस्ने बर्ष २२ को सुरज मण्डल र जितु लोहारको अवस्था गम्भिर रहेको डिएसपी गौतमले जनाए ।