जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तीव्र
सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचना निर्माणमा तीव्रता दिएको छ । खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयूक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकाहरूलाई सुरक्षित वातावरणमा गुणस्तरिय शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिई निर्माण गरिएको अभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए ।
सन् २०१९ बाट सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्मा नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले जानकारी दिए । निर्माण भएका विद्यालयहरूमा वडा नम्बर ३ मा २ वटा , वडा नम्बर ५ मा १ वटा र वडा नम्बर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढ्न योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिए ।
यसैगरी, पालिका भित्र व्यवस्थित , सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरू समेत समेत निर्माण गरिएको छ । पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ ।
विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको उनले जानकारी दिए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण