जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
सारांश
- जर्मनीमा यस वर्ष हालसम्मको अवधिमा गर्मीको लहरसँग सम्बन्धित घटनामा ५ हजार १२० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
- मृतकमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् र मर्नेमा पुरुषभन्दा महिला बढी रहेका छन् ।
- युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार पश्चिमी युरोपले यस वर्ष इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ ।
बर्लिन । जर्मनीमा यस वर्ष हालसम्मको अवधिमा गर्मीको लहरसँग सम्बन्धित घटनामा ५ हजार १२० जनाको मृत्यु भएको अनुमान गरिएको छ । जर्मनीको सार्वजनिक स्वास्थ्य संस्था रोबर्ट कोख इन्स्टिच्युटले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा यस्तो जानकारी दिएको हो ।
प्रतिवेदनअनुसार अधिकांश मृत्यु जुन महिनाको अन्तिम सातातिर भएको थियो । त्यतिबेला साप्ताहिक औसत तापक्रम २० डिग्री सेल्सियसभन्दा निकै माथि पुगेको थियो । मृतकमध्ये करिब ४ हजार २७० जना ७५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । मर्नेमा पुरुषभन्दा महिला बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
अत्यधिक वृद्ध उमेर समूहमा महिलाको सङ्ख्या बढी भएकोले समग्रमा मर्नेमा महिलाको सङ्ख्या धेरै भएको बताइएको छ । जर्मनीका तथ्याङ्कले युरोपभर फैलिएको भीषण गर्मीको अवस्थालाई थप गम्भीर बनाएको छ ।
युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाका अनुसार पश्चिमी युरोपले यस वर्ष इतिहासकै सबैभन्दा तातो जुन महिना अनुभव गरेको छ । उक्त अवधिमा औसत तापक्रम २० दशमलव ७४ डिग्री सेल्सियस पुगेको थियो ।
यस्तै, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्यान्ड्सका राष्ट्रिय निकायहरूले जुन २० देखि २८ सम्मको गर्मीको लहरका क्रममा ४ हजार ७०० भन्दा बढी अतिरिक्त मृत्यु भएको जानकारी दिएका छन् । रोबर्ट कोख इन्स्टिच्युटका अनुसार पछिल्लो एक दशकमा जर्मनीमा गर्मीका कारण सबैभन्दा बढी मृत्यु सन् २०१८ र २०१९ मा भएको थियो ।
सन् २०१८ मा करिब ८ हजार ४०० र सन् २०१९ मा करिब ६ हजार ९०० जनाको ज्यान गर्मीसँग सम्बन्धित कारणले गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण