क्यानको साधारण सभा आजबाट सुर्खेतमा सुरु
आइतबार, १४ फागुन २०७९, ०९ : ४८
काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सुरु हुँदैछ । पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारण सभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।
क्यानको साधारणसभामा सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने लगायतका विभिन्न आठ एजेन्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।
साधारणसभाको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने छन् । क्यानले आफ्नो साधारण सभा काठमाडौँ बाहिर गर्ने गरेको थियो । त्यसैअनुसार यो पटक कर्णालीमा गर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण