बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधिका लागि साबिकको विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

आइतबार, १४ फागुन २०७९, १० : ०३
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । साबिकको विजेता अस्ट्रेलियाले यो आठौँ संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक दक्षिण अफ्रिकासँग आज (आइतबार) खेल्दै छ । केपटाउनमा हुने अस्ट्रेलिया र आयोजक दक्षिण अफ्रिकाबीचमा खेल हुँदैछ । नेपाली समयअनुसार खेल साँझ ६ः४५ देखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै अस्ट्रेलियालाई छैटौँ पटक च्याम्पियन बन्ने मौका छ । अस्ट्रेलियाले समूह चरणमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । सेमिफाइनलमा भारतलाई हराउँदै अस्ट्रेलिया फाइनल पुगेको थियो । यता

दक्षिण अफ्रिकाले इङ्गल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पनि आजको खेलमा जित निकाल्दै घरेलु भूमिमा नयाँ इतिहास बनाउन चाहन्छ । दक्षिण अफ्रिकाले हालसम्म टी–ट्वान्टी विश्वकपको उपाधि जित्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप