उपाधिका लागि साबिकको विजेता अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै
आइतबार, १४ फागुन २०७९, १० : ०३
काठमाडौँ । साबिकको विजेता अस्ट्रेलियाले यो आठौँ संस्करणको महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक दक्षिण अफ्रिकासँग आज (आइतबार) खेल्दै छ । केपटाउनमा हुने अस्ट्रेलिया र आयोजक दक्षिण अफ्रिकाबीचमा खेल हुँदैछ । नेपाली समयअनुसार खेल साँझ ६ः४५ देखि सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै अस्ट्रेलियालाई छैटौँ पटक च्याम्पियन बन्ने मौका छ । अस्ट्रेलियाले समूह चरणमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । सेमिफाइनलमा भारतलाई हराउँदै अस्ट्रेलिया फाइनल पुगेको थियो । यता
दक्षिण अफ्रिकाले इङ्गल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका पनि आजको खेलमा जित निकाल्दै घरेलु भूमिमा नयाँ इतिहास बनाउन चाहन्छ । दक्षिण अफ्रिकाले हालसम्म टी–ट्वान्टी विश्वकपको उपाधि जित्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
-
सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न : अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?
-
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण