बायर्न शीर्ष स्थानमा उक्लियो
सोमबार, १५ फागुन २०७९, ०८ : २३
काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनमाथि ३–० गोलको हसज जित निकाल्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।
बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम मोटीङ, किङस्ले कोम्यान र जमल मुसिआलाले गोल गरेका थिए । मोटिङले खेलको ३१ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा जमलले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए । जितसँगै बायर्न २२ खेलबाट ४६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित बर्लिन ४३ अंक जोडेर तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण