गायब भएका चिनियाँ अर्बपति बाओ फान कहाँ छन् ? कम्पनीले दियो जानकारी

चीनमा बेपत्ता भनिएका अर्बपति बाओ फानको कम्पनीले आफ्ना संस्थापकबारे पछिल्लो जानकारी दिएको छ । चाइना रेनेसान्स होल्डिङ्सले आफ्ना संस्थापक फानले हाल चिनियाँ अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको दाबी गरेको छ ।
केही दिन अघि चाइना रेनेसान्स होल्डिङले आफ्नो सिइओ विगत १० दिनदेखि हराइरहेको बताएको थियो । त्यसपछि यस निजी बैङ्किङ कम्पनीको शेयर मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको थियो ।
कम्पनीले हङकङ स्टक एक्सचेन्जलाई भनेको छ, ‘बाओ फान यति बेला चीनका केही अधिकारीको तर्फबाट गरिएको अनुसन्धानमा सहयोग गरिरहेका छन् भन्ने जानकारी बोर्डले पाएको छ । कम्पनीले चिनियाँ अधिकारीको तर्फबाट गरिएको अनुरोधमा उचित सहयोग उपलब्ध गराउनेछ ।’
चाइना रेनेसान्स होल्डिङ्सले आफ्नो सिइओ बेपत्ता हुनुको कारणलाई चिनियाँ सरकारले गरिरहेको ‘अनुसन्धान’सँग जोडेको यो पहिलो पटक हो । तर, कम्पनीले कुन घटनामा चिनियाँ सरकारले अनुसन्धान गरिरहेको छ भनेर जानकारी दिएको छैन ।
समाचार एजेन्सी रोयटर्सले यस महिनाको सुरुमा कम्पनीका पूर्व अध्यक्ष काङ लिनविरुद्ध चलिरहेको अनुसन्धानको सम्बन्धमा अनुसन्धानकर्ताहरूले बाओ फ्यानलाई आफूसँग लगेको बताएको थियो ।
स्मरण रहोस्, चीन सरकारले पछिल्ला केही महिनामा धेरै ठुला टेक कम्पनीहरू विरुद्ध कदम चालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने