आईसीसी विश्वकप लिग–२
नेपालले पीएनजीविरुद्ध सुरुवातमा बलिङ गर्ने, प्रतिशको डेब्यू
सोमबार, १५ फागुन २०७९, ११ : २९
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो । पीएनजीले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा एक खेलाडीलाई डेब्यू गराएको छ । नेपालका प्रतिश जिसीले डेब्यू गरेका छन् ।
आजको खेमला सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालको यो सिरिजको प्रदर्शनले एकदिवसीय मान्यता र विश्वकप छनोट खेल्ने निर्धारण गर्नेछ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण