मनाङमा फागुन मध्यसम्म पनि परेन हिउँ
मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद याम सकिन लाग्दासम्म पनि हिउँ परेको छैन ।
विगतका वर्षमा हिमपातले आवागमन नै अवरुद्ध हुने गरेकामा यसवर्ष भने आवश्यक मात्रामा पनि हिउँ नपरेर समस्या भएको छ ।
फागुनको मध्यसम्म आइपुग्दा आंशिक मात्र हिउँ परेको कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले बताए । “डाँडा क्षेत्रमा हिउँ परेको देखिन्छ तर बजार क्षेत्रमा परेको छैन”, उनले भने ।
माथिल्लो मनाङमा आंशिक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का ओम बहादुर गुरुङले बताए । “विगतका वर्षमा हिउँले डाँडाकाँडा र भिरपाखा सेताम्मे ढाकिएका हुन्थे, तर यसवर्ष भने आंशिक मात्रामा देखिएको छ”, उनले भने ।
यहाँको माथिल्लो क्षेत्रमा हिमपात भए पनि तल्लो क्षेत्रमा हिमपात हुन सकेको छैन । यसको असर कृषि क्षेत्रमा परेको भन्दै कृषकहरु चिन्तित छन् । यहाँ फापर, करु, जौ, स्याउलगायत उत्पादन हुनेगरेकामा पर्याप्त पानी नपुग्दा उत्पादन घट्ने सम्भावना देखिएको ताचैका कृषक सोलबहादुर गुरुङले बताए ।
मनाङमा कात्तिकको अन्तिम सातादेखि हिमपात हुनुपर्नेमा हालसम्म हुन सकेको छैन । फागुन मध्यमा पुग्दासम्म पर्याप्त हिउँ नपरेपछि हिमाली तथा उच्च पहाडी क्षेत्रका कृषक उत्पादन घट्ने भन्दै चिन्तित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण