यी कार्डहरु एससीटीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा प्रयोग गर्न सकिने
काठमाडौँ । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनलका कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनी, सहकारी तथा बैंकका एटीएमहरुमा चलाउन मिल्ने भएको छ ।
यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो ।
यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको कम्पनीले जनाएको छ । यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना राखिएको छ ।
हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई सहज हुने आशा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण