मन्त्रालयमा नीतिगत सुधारका कामलाई प्राथमिकता दिए : भगवती चौधरी
काठमाडौँ । निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफूले मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरेको बताएकी छन् ।
सोमवार मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै निवर्तमान मन्त्री चौधरीले आफूले जिम्मेवारी सम्हालेदेखि नै विभिन्न नीतिगत सुधारका काम अघि बढाएको बताएकी हुन् ।
उनले राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०७९ को मस्यौदा तयार गरेको र त्यसबाट ज्येष्ठ नागरिकहरु धेरै नै लाभान्वित हुने बताइन् । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बापत पाउनुपर्ने रकम बैंकहरुले सम्बन्धित व्यक्तिकै हातमा पु¥याउनुपर्ने व्यवस्था गरिएको उनले उल्लेख गरिन् ।
त्यस्तै अपांगता भएको व्यक्ति सम्बन्धी नीति तयार भएको, राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार भएको, बालबालिका सम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८ लाई स्वीकृति गरिएको पनि उनले बताइन् ।
उनले आफ्नो पार्टी नेकपा(एमाले)ले गरेको निर्णय अनुसार मन्त्री पदबाट राजीनामा दिएको बताइन् । निवर्तमान मन्त्री चौधरीले सरकार अस्थिर बन्दा देश र जनताले दुःख पाउने अवस्था रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण