यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु
यमन । यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको एक सैनिक अधिकारीले सोमबार बताएका छन् ।
अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल जलाल क्षेत्रमा एउटा घरमा प्रहार क्षेप्यास्त्र प्रहार गरेको थियो जुन घर हाल साउदी समर्थित यमनी सरकारद्वारा नियन्त्रित रहेको बताइएको छ ।
आक्रमणपछि, अल-कायदा आतङ्कवादी समूहका सदस्यहरू शवहरू संकलन गर्न विस्फोट भएको ठाउँमा पुगेको र त्यसपछि नजिकैको मरुभूमिमा भागेको पनि सुरक्षास्रोतले जनाएको छ ।
अरबी प्रायद्वीपमा अल-कायदा र अन्य चरमपन्थी समूहहरूको बलियो उपस्थिति रहेको लामो समयदेखि सैन्य झडपको केन्द्रबिन्दु रहेको अब्यान प्रान्तमा यस्ता थुप्रै झडपहरू हुने गरेको छ ।
अब्यान र अन्य छिमेकी प्रान्तहरू-शाब्वाको चट्टानी इलाका र पहाडी इलाकाहरूमा लुकेका अल-कायदा लडाकूहरूले यमनका सरकारी सेनाहरू विरुद्ध बारम्बार विभिन्न आक्रमणका रणनीतिहरू प्रयोग गर्ने गरेका छन् । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण