सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोसपाको बैठक बस्दै
मङ्गलबार, १६ फागुन २०७९, १२ : ०२
काठमाडौँ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज बैठक बस्ने भएको छ ।
पार्टीले कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ । लोसपा नेपाल सरकारमा सहभागी हुने सहमति भएको र पार्टीमा कुराकानी गरेर सरकार पक्षसँग छलफल गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।
उनले भने, ‘सरकारमा जाने लगभग निश्चित भएको छ, कसरी जाने, कुन पद्धति र प्रक्रियामा जाने त्यस विषयमा आजको बैठकमा छलफल हुन्छ ।’
लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेको थियो । तर सो प्रस्तावमा आठ दलीय गठबन्धन सहमत भएन । त्यसपछि गठबन्धनले कांग्रेसले अघि सारेको नेता पौडेलमा सहमति जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण