जसपाको प्रदेश १ को अध्यक्षमा दीपक याक्खा चयन
मङ्गलबार, १६ फागुन २०७९, १४ : ०५
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् । प्रदेश कार्यालय इटहरीमा मङ्गलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनी यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए ।
प्रदेश समितिले सोमबार र मङ्गलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो ।
सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख सङ्कलनको कार्यलाई तिव्रता दिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण