बागमती नदी संरक्षणका लागि छुट्टै कानुन बनाउने गृहकार्यमा सहरी विकास मन्त्रालय
काठमाडौँ । काठमाडौँको प्रमुख नदी बागमतीको संरक्षणका लागि सरकारले छुट्टै कानुन निर्माणको तयारी गरेको छ । सहरी विकास मन्त्रालयले बागमती नदी संरक्षण र विकास लागि छुट्टै ऐन बनाउनका लागि मस्यौदा निर्माण थालेको छ ।
सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बागमती नदी संरक्षणका लागि कानुन बनाउन मस्यौदा निर्माणको काम भइरहेको जानकारी दिए ।
बागमती संरक्षण तथा व्यवस्थापनको काम गर्न यसअघि मन्त्रीपरिषद्बाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आदेश, २०७३ निर्माण गरेर काम भइरहेकोमा अब ऐन बनाएर काम गर्ने तयारी गरिएको हो ।
यस्तै मन्त्रालयले नयाँ सहरी विकास नीतिको मस्यौदा तथा सहरी विकास ऐनको मस्यौदा पनि निर्माण गरिरहेको सचिव आचार्यले रातोपाटीलाई जानकारी दिए ।
यस्तै ३ अर्ब बजेटमा मध्यपहाडी लोकमार्गका विभिन्न १२ ठाउँमा नयाँ सहर निर्माणको परियोजनाको काम अघि बढिरहेको उनले बताए । यस्तै तराईमा हुलाकी राजमार्ग आसपास पनि सघन सहरीकरण कार्यक्रम अघि बढाइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण