कांग्रेस र एमाले दुवै प्रतिपक्षको कुर्सीमा बस्ने
बुधबार, १७ फागुन २०७९, ०९ : २५
_EZGKC7QmJr.jpg)
काठमाडौँ । प्रतिनिधिसभा सभाको बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुवै प्रतिपक्षको बेन्चमा बस्ने भएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएका एमाले दुवै प्रतिपक्षको मञ्चमा बस्ने भएका हुन् ।
‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौँ’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने । सरकारलाई विश्वासको मत दिएकाले कांग्रेस प्रतिपक्षमा बस्न नपाउने भन्दै सर्वोच्च अदालतमा मुद्दा परिरहेको बेला कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षको कुर्सीमा नै बस्न लागेको हो ।
उता, प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन र सरकारबाट बाहिरिएसँगै एमाले भने प्रतिपक्षमा बस्न लागेको हो । त्यसका लागि संसद् सचिवालयमा पनि जानकारी गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीमा दिनदहाडै बैंक लुटियो
-
बजेटबारे एमालेको टिप्पणी : राजस्व लक्ष्य पूरा हुँदैन, स्रोतको सुनिश्चितता छैन
-
एमालेमा युवाको अवस्था र अबको भूमिका
-
टीभीएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी
-
उद्योग मन्त्रालयको बजेटमा वर्षेनी कैँची
-
पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन