‘चिनियाँ प्रयोगशालाबाट फैलिएको कोरोना’ बारे एफबीआई प्रमुखले के भने ?

कहाँबाट आयो कोरोना ? पछिल्लो तीन वर्षदेखि सोधिएका हरेक प्रश्नको जवाफमा चीनको नाम पक्कै आएको छ ।
अब एफबीआईका निर्देशक क्रिस्टोफर रेले पनि यसबारे बयान दिएका छन् । क्रिस्टोफर रेले एफबीआईलाई कोभिड–१९ चीनको सरकारी प्रयोगशालाबाट उत्पत्ति भएको प्रबल विश्वास रहेको बताएका छन् ।
क्रिस्टोफर रेले फक्स न्युजलाई भने, ‘केही समयदेखि एफबीआईले चिनियाँ सरकारी प्रयोगशालामा भएको घटनापछि महामारी सुरु भएको पत्ता लगाएको छ ।’
कोभिडको सुरुवातको सन्दर्भमा एफबीआईले यो जानकारी सार्वजनिक रूपमा साझा गरेको यो पहिलो पटक हो ।
चीनले वुहानबाट कोरोना सुरु भएको कुरालाई अस्वीकार गर्दै त्यस्ता आरोपलाई अपमानजनक भन्दै आएको छ ।
एक दिन अघि, चीनमा अमेरिकी राजदूतले ‘कोभिडको उत्पत्तिको विषयमा अझ इमानदार रहन’ भनेका थिए ।
रेले मङ्गलवार एक अन्तरवार्तामा चीनले महामारीको उत्पत्तिसँग सम्बन्धित जानकारी लुकाउन र अनुसन्धानको बाटोमा बाधा पु¥याउने हर सम्भव प्रयास गरिरहेको र यो सबैका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो