‘चिनियाँ प्रयोगशालाबाट फैलिएको कोरोना’ बारे एफबीआई प्रमुखले के भने ?
कहाँबाट आयो कोरोना ? पछिल्लो तीन वर्षदेखि सोधिएका हरेक प्रश्नको जवाफमा चीनको नाम पक्कै आएको छ ।
अब एफबीआईका निर्देशक क्रिस्टोफर रेले पनि यसबारे बयान दिएका छन् । क्रिस्टोफर रेले एफबीआईलाई कोभिड–१९ चीनको सरकारी प्रयोगशालाबाट उत्पत्ति भएको प्रबल विश्वास रहेको बताएका छन् ।
क्रिस्टोफर रेले फक्स न्युजलाई भने, ‘केही समयदेखि एफबीआईले चिनियाँ सरकारी प्रयोगशालामा भएको घटनापछि महामारी सुरु भएको पत्ता लगाएको छ ।’
कोभिडको सुरुवातको सन्दर्भमा एफबीआईले यो जानकारी सार्वजनिक रूपमा साझा गरेको यो पहिलो पटक हो ।
चीनले वुहानबाट कोरोना सुरु भएको कुरालाई अस्वीकार गर्दै त्यस्ता आरोपलाई अपमानजनक भन्दै आएको छ ।
एक दिन अघि, चीनमा अमेरिकी राजदूतले ‘कोभिडको उत्पत्तिको विषयमा अझ इमानदार रहन’ भनेका थिए ।
रेले मङ्गलवार एक अन्तरवार्तामा चीनले महामारीको उत्पत्तिसँग सम्बन्धित जानकारी लुकाउन र अनुसन्धानको बाटोमा बाधा पु¥याउने हर सम्भव प्रयास गरिरहेको र यो सबैका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण