चोरलाई पक्राउ नगरेको भन्दै चक्काजाम
बुधबार, १७ फागुन २०७९, १५ : ०८

जनकपुर । चोरलाई पक्राउ नगरेको भन्दै धनुषामा बुधबार चक्का जाम गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट मूर्ति र गरगहना चोरी गर्नेलाई पक्राउ नगरिएको भन्दै स्थानीयले चक्काजाम गरेका हुन् ।
मन्दिरका पुजारी र स्थानीयवासीले रमदैया–जनकपुर–ढल्केबर सडकमा चक्का जाम गर्दा सयौँ सवारी अलपत्र परेका छन् । गत फाल्गुन १३ गते राति मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान हतियारधारी चोरहरूले चोरी गरेको स्थानीयले आरोप लगाएका छन् ।
सो घटनामा संलग्नहरुको अनुहार सिसिटिभी क्यामेरामा कैद भएपनि प्रहरीले पक्राउ नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय रामपुकार यादवले जानकारी दिए । यसअघि पनि सो मन्दिरबाट चारपटक मूर्ति र गरगहना चोरी भएको थियो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म