चोरलाई पक्राउ नगरेको भन्दै चक्काजाम
बुधबार, १७ फागुन २०७९, १५ : ०८
जनकपुर । चोरलाई पक्राउ नगरेको भन्दै धनुषामा बुधबार चक्का जाम गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट मूर्ति र गरगहना चोरी गर्नेलाई पक्राउ नगरिएको भन्दै स्थानीयले चक्काजाम गरेका हुन् ।
मन्दिरका पुजारी र स्थानीयवासीले रमदैया–जनकपुर–ढल्केबर सडकमा चक्का जाम गर्दा सयौँ सवारी अलपत्र परेका छन् । गत फाल्गुन १३ गते राति मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान हतियारधारी चोरहरूले चोरी गरेको स्थानीयले आरोप लगाएका छन् ।
सो घटनामा संलग्नहरुको अनुहार सिसिटिभी क्यामेरामा कैद भएपनि प्रहरीले पक्राउ नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय रामपुकार यादवले जानकारी दिए । यसअघि पनि सो मन्दिरबाट चारपटक मूर्ति र गरगहना चोरी भएको थियो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण