शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अरूलाई मन्त्री बनाउने अभियानमा लागेको छु : उपसभापति खड्का

बुधबार, १७ फागुन २०७९, १६ : ५०
बुधबार, १७ फागुन २०७९

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खड्काले आफू अरूलाई मन्त्री बनाउने अभियानमा लागेको बताएका हुन् । 

यस्तै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताए । खड्काले प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाउने पनि बताए । 

उनले अहिलेनै आलोपालोको विषयमा कुनै सहमति नभएको पनि बताए । उनले बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आठ दलका सांसदहरूको भेलालाई सम्बोधन गर्ने जानकारी दिए । 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको आठ दलीय गठबन्धन बनेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप