अरूलाई मन्त्री बनाउने अभियानमा लागेको छु : उपसभापति खड्का
बुधबार, १७ फागुन २०७९, १६ : ५०
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खड्काले आफू अरूलाई मन्त्री बनाउने अभियानमा लागेको बताएका हुन् ।
यस्तै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताए । खड्काले प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाउने पनि बताए ।
उनले अहिलेनै आलोपालोको विषयमा कुनै सहमति नभएको पनि बताए । उनले बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आठ दलका सांसदहरूको भेलालाई सम्बोधन गर्ने जानकारी दिए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको आठ दलीय गठबन्धन बनेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
-
पहाड छिचोलेर हातैले बनाइएको विश्वकै जोखिमपूर्ण सडक
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण