पाकिस्तानमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
इस्लामाबाद । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुवाहक बस भीरमा खस्दा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार बस शुक्रबार बिहान क्वेटाबाट पेशावर हुँदै इस्लामाबाद जाँदै गर्दा दुर्घटनामा परेकाे हाे ।
दुर्घटना दाना सार क्षेत्रमा भएको हो, जहाँ बस नियन्त्रण गुमाएर गहिरो ढुंगैढुंगा भएको भीरमा खसेको बताइएको छ । बसमा ४८ जना यात्रु सवार रहेको र तीव्र गतिका साथै क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनास्थल बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो । झोब जिल्लाको आपत्कालीन केन्द्र प्रमुख सनाउल्लाह शेरानीले समाचार संस्था एएफपीसँग कुरा गर्दै बस गहिरो भीरमा खसेपछि ठुलो जनधनको क्षति भएको पुष्टि गरेका छन् ।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले पनि दुर्घटनामा ४० जनाको ज्यान गएको जानकारी दिएका छन् । घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ । केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ बुँदे सहमतिसँगै कर्णाली प्रदेश सभाको गतिरोध अन्त्य, के छ लिखित सहमतिमा ?
-
१३ पटक फेरिए आयोजना प्रमुख तर २४ वर्षदेखि उस्तै छ हालत
-
‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करण सुरु
-
पुनर्निर्माण कोषमा १० हजार सहयोग गर्नेलाई अर्थ मन्त्रालयले कदरपत्र प्रदान गर्ने
-
फुटबलबाट भीएआरको ‘स्लो–मोशन’ र ‘फ्रिज फ्रेम’लाई बिदा गर्नुपर्ने समय आएकै हो ?
-
पाल्पाबाट दालचिनी भारत निर्यात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण