रेबिज रोग लाग्न नदिन के गर्ने ?
काठमाडौँ । रेबिज कुकुर तथा जङ्कली जनावरहरुको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिजबाट बच्नका लागि कुकुर लगायत जङ्गली जनावरको टोकाइबाट बच्नुपर्छ ।
रेबिजबाट सङ्क्रमित कुकुर, जङ्गली जनावर जस्तै, स्याल,फ्याउराले टोकेमा,चिथोरेमा वा सम्पर्कमा पुगेमा तिनीहरूको ¥यालबाट रेबिज सर्छ । मुख्यतः भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि देखिएपछि रेबिज घातक हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुकुरको टोकाइबाट बाच्न यस्तो गर्नुपर्छ:
–सुतिरहेको कुकुरलाई झ्वाट्टै नउठाऔँ, लात्ताले नहानौँ
–कुकुर तर्सिएको वा रिसाएको बेला नजिक नजाऔँ
–कुकुरले खाना खाइरहेको बेला नस्किाओँ नतर्साऔँ
–कुकुरले पछ्याएमा नदौडौँ, शान्त भई उभिऔँ
–नचिनेको कुकुरको नजिक जाँदा ख्याल गरौँ
अनिवार्य रूपमा घरपालुवा वा सडक कुकुहरुलाई पशु चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लगाउने
कुकुर वा अन्य जनावर जस्तै स्याल,फ्याउरोले टोकेमा के गर्ने ?
–टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने
–त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिज विरुद्धको खोप लगाउने
–स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आवश्यक उपचार गर्ने
–रेबिज विरुद्धको खोप देशैभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क उपलब्ध हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण