एफए कपमा स्पर्स स्तब्ध
बिहीबार, १८ फागुन २०७९, ०६ : २७

लण्डन । प्रिमियर लिग टोली टोटनहम हटस्पर्स एफए कपको पाँचौँ चरणमा च्याम्पियन्ससीप टोली सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा स्पर्स १–० गोलले पराजित भएको थियो ।
खेलमा स्पर्सले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेको थियो । क्लबका सर्वकालीन गोलकर्ता ह्यारी केन अतिरिक्त खेलाडीका रुपमा राखिएको थियो । चेल्सीलाई २–० गोलले हराएर आएको स्पर्सले बुधबार भने निराश खेल प्रदर्शन गरेको थियो । लिमान एनडिआयेले खेलको अन्त्यतिर गोल गर्दै सेफिल्डलाई जीत दिलाए ।
पराजयसँगै अब स्पर्ससँग १५ वर्षको उपाधिको खडेरी अन्त्य गर्न अब च्याम्पियन्स लिगमात्र बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान