राप्रपाको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने जिम्मा मिश्रलाई
बिहीबार, १८ फागुन २०७९, १९ : ४२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्तमा समिति गठन गरेको छ । समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बसेको बैठकले समितिलाई २ महिना भित्र पेस गर्ने समय दिएको हो । उक्त समितिको सदस्यमा उपाध्यक्षहरु हेमजङ्ग गुरुङ र उद्धव पौडेल रहेका छन् ।
त्यस्तै, पार्टी आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरूको समस्या समाधानबारे छानबिन गरी १५ दिन भित्र आवश्यक सुझाव पेस गर्न केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण