जुम्लाको नुवाकोटमा आगलागी, एक घर र १३ घार मौरी नष्ट
शुक्रबार, १९ फागुन २०७९, ०७ : ३८
जुम्ला । जुम्लाको तिला गाउँपालिका - ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागी हुँदा १३ घार मौरीसहित घर नष्ट भएको छ । गएराति १ बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो ।
पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र ६५ हजार नगद जलेर नष्ट भएको बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन ।
आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गरे।आगलागीबाट २ लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ ।
अहिले बजारमा महको प्रति केजी २ हजारमा बिक्री वितरण भइरहेको छ। घटनाको स्थलगत क्षतिको विवरण लिन तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण