दीपकराज र अनमोलले एक अर्कालाई दिए शुभकामना
काठमाडौँ । नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सँधै लफडाबाजी चलिरहेको हुन्छ, तर आजबाट रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के– २ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।
छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य हो । फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दीपकराज गिरीले छड्केलाई शुभकामना दिए भने छड्केका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामना दिएका छन् । बिहीबार साँझ दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिए पछि धेरैले उनीहरू विश्वास र सम्मान प्रकट गरेका छन्।
गिरी र अनमोल दुवैले दुवै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान प्रकट गरेका छन् र दुवैले एक अर्कालाई शुभकामना पनि दिएका छन् ।
अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानैदेखि मेरो यो मान्यता छ कि , नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो र यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलि देखि तपाईहरु समक्ष प्रदर्शनमा आइरहेका दुई चलचित्रहरू छड्के २ र आदरणीय दाइ दिदीहरूको छक्का पन्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूको साथ र आशिर्वाद नै हाम्रो लागी काम गर्ने प्रेरणा र ऊर्जाको श्रोत हो ।
जय छड्के ! जय छक्का पन्जा ! जय नेपाल ।
त्यस्तै, दीपकराज दुई फिल्मको भिडन्तको विषयलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्, अब हाम्रो हातमा केही छैन हजूरहरूकै हातमा छ, शुक्रबारदेखि छड्के र छक्का पन्जा ४ प्रदर्शन हुँदैछ, धेरैले किन जुधेको भनेर पनि सोधे, यो साँढे होइन जुध्नलाई, यो फुटबल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने, यहाँ दूबै टिमले जित्न सक्छ, प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाई शुभकामना ! जय नेपाली चलचित्र !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण