राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोडको ट्रेजरी बोलकबोल गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आइतबार १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने ९१ दिने र १८२ दिने गरी तीन किसिममा कुल परिणामको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।
फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यद्यपि, कुल ट्रेजरी मध्ये ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको १२ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार २८ दिने ट्रेजरीको २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नवीकरण र ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी हुनेछ । १८२ दिनका लागि भने बैंकले ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिक्री गर्नेछ ।
इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले फागुन २१ गते दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले फागुन १५ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण