यो साता सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो
काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्य सामान्य वृद्धि भएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख २ हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबार कायम सुनको मूल्यको तुलनामा तोलामा १०० रुपैयाँले बढेको हो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम छ । यो सातामा आइतार ४०० ले मूल्य घटेको थियो । यस्तै, सोमबार २०० घटेको मूल्य मंगलबार स्थिर थियो ।
बुधबार एकै दिन ५०० ले बढेको सुनको मूल्य बिहीबार १०० रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको महासंघले जनाएको छ । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार तोलामा १ हजार २७५ रुपैयाँ कायम चाँदीको मूल्य यो साताको शुक्रबार १ हजार २६५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण