विराटनगरमा पूर्व डीआइजी भक्ति माझीको कार दुर्घटना
शनिबार, २० फागुन २०७९, १८ : ४१

विराटनगर । नेपाल प्रहरीका पूर्व डीआइजी भक्ति माझीको सवारी साधान दुर्घटनामा परेको छ । नेपाली कांग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटाम दुर्घटनामा परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् ।
पूर्वबाट पश्चिम पुष्पलाल चोकतिर आउने क्रममा कारको टायर पम्चर हुँदा अन्यन्त्रित भएर कार सडकदेखि बाहिर खेतबारीमा पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । माझीले चलाएको कारमा भिम रिफाल, पुष्पा राई र दुर्गा कोइराला रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश
-
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
-
जयपुरस्थित क्रिकेट स्टेडियमलाई बमले उडाउने धम्की